कमल थापालाई शेर्पाको चेतावनी : ज्ञानेन्द्रको काट्टो खाने पैसा ल्याएर धर्मनिरपेक्षताविरुद्ध बोलिस् भने गिरफ्तार गर्छु

तु खबर संवाददाता
२०७५ माघ ४, शुक्रबार १८:५२
तस्बिर : दिल तामाङ

मकवानपुर, ४ माघ । पूर्वउपप्रधानमन्त्री कमल थापालाई ज्ञानेन्द्र शाहबाट रकम ल्याएर धर्म निरपेक्षता र संघीयताविरुद्ध नबोल्न नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले चेतावनी दिएका छन् ।

आज हेटौंडामा नेवा ताम्सालिङ समन्वय समितिले आयोजना गरेको दबाब कार्यक्रममा शेर्पाले कमल थापाले यस्तो गरिरहे घरमै आएर गिरफ्तार गर्ने चेतावनी समेत दिए ।

निकै आक्रोशित भई सभामा प्रस्तुत भएका शेर्पाले कमल थापालाई तँ भनी सम्बोधन समेत गरे । आफूले बारम्बार थापालाई संघीयता र धर्मनिरपेक्षता बिरुद्ध नबोल्न चेतावनी दिएको भएपनि उनले नमानेको शेर्पाले बताए ।

यो पनि पढ्नुहोस्

– आङकाजीले लगाए कमल थापामाथि यस्ता गम्भीर आरोप

– हेटौंडाबाट आङकाजी शेर्पाले दिए कमल थापालाई कैदी बनाउने चेतावनी