आङकाजीले लगाए कमल थापामाथि यस्ता गम्भीर आरोप
मकवानपुर, ४ माघ । तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्नु् पर्ने भनी आज हेटौंडामा आयोजना गरिएको दबाब कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले कमल थापामाथि चार संगीन आरोप लगाएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका मकवानपुरे नेता कमल थापामाथि उनले सार्वजनिक कार्यक्रममा निकै तुच्छ शब्दमा आरोप लगाएका छन् । साह्रै लालमर्दो शब्दमा उनले थापालाई गाली समेत गरे ।
शेर्पाले थापालाई ज्ञानेन्द्र शाहको पुच्छर भनेका छन् । धर्मनिरपेक्षता विरोधी भन्दै शेर्पाले थापालाई ‘जन्तु’ समेत भनेर गालीगलौज गरेका छन् । समान्य बोलीचालीमा समेत अपाच्य रहने शब्द उच्चारण गर्दै शेर्पाले थापालाई नेवा ताम्सालिङ प्रदेश नामाकरण भएपछि पहिलो बन्दी बनाउने समेत खुला चेतावनी दिएका छन् ।
यस विषयमा थापासँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । हिन्दु् राष्ट्रको पक्षमा नलाग्न बारम्बार थापालाई चेतावनी दिँदा पनि नमानेको भन्दै उनले थापालाई पहिलो कैदी बनाउने उद्घोष गरे । कमल थापाले राजतन्त्रको लागि विष बमन गरेको शेर्पाको आरोप थियो । ज्ञानेन्द्रको काट्टो खाने पैसा ल्याएर धर्मनिरपेक्षता र संघीयताको विरुद्ध नबोल्न उनको थापालाई उनको चेतावनी थियो ।
