संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न दिन काँग्रेसको माग

प्रश्न गर्ने व्यवस्था नभए संसद अबरुद्ध गर्ने चेतावनी !
तु खबर संवाददाता
२०७५ पुष २४, मंगलवार १८:१५

काठमाडौं २४ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने माग गरेको छ । आज सिंहदरवारमा बसेको नेपाली काँग्रेस संसदिय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न गर्ने व्यवस्था गरिदिन हुन सभामुख कृष्ण बहादुर महरालाई आग्रह समेत गरेको छ । साथै, उक्त वातावरण नबने संसद अबरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।

कांग्रेसले आगामी दिनमा प्रधानमन्त्री वा मन्त्रीहरु संसदमा बोल्दा अनिवार्य रुपले प्रश्न उत्तर गर्ने व्यवस्था हुनुपर्ने धारणा समेत राखेको छ ।

गत आइतबार प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेपश्चात बिपक्षी दल नेपाली काँग्रेसले प्रश्न सोध्न नपाएपछि संसदमा घेराउ गरेको थियो । त्यसपछि स्थगित बैठक भोलि बुधवार बस्दै छ ।