लनटेनिस टोली आज थाइल्याण्ड प्रस्थान
काठमाडौँ, २१ पौष । नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्ड प्रस्थान गरेका छन् । एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय आज थाइल्याड प्रस्थान गरेका हुन् ।
यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन पुरुष/तीन महिला खेलाडीले सिङ्गल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।
उक्त टोलीमा पुरुषतर्फ आरभसम्राट हाडा, आर्यन गिरी र चिराग तिम्सिना तथा महिलामा शर्भानी श्रेष्ठ, सुभाङ्गीलक्ष्मी शाह र इशाश्री शाह तथा प्रशिक्षकमा रामेश्वर थापा रहेका छन् ।
