राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ ग्रहण

तु खबर संवाददाता
२०७५ पुष १८, बुधबार १३:४१

काठमाडौँ, १८ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपति कार्यालयमा शीतलनिवासस्थित आज आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वाेच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।