बिग ब्यास लिग : सन्दीपले आज चौथो खेल खेल्ने

तु खबर संवाददाता
२०७५ पुष १७, मंगलवार १३:४१
file-photo

काठमाडौं १७ पौष । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्ने भएको छ । नेपाली समयअनुसार आज दिउँसो २ः०० बजे शुरु हुने खेलमा मेलबर्न क्रिकेट मैदानमासन्दीपले खेल्ने हो ।

सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । उनले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।