काँग्रेसले मेलमिलाप दिवसमा र्याली तथा कोणसभा गर्ने

तु खबर संवाददाता
२०७५ पुष १३, शुक्रबार १६:५०

हेटौंडा, १३ पौष । नेपाली काँग्रेस मकवानपुरले यही पौष १६ गते मेलमिलाप दिवसको अवसरमा र्यालीतथा कोणसभा गर्ने भएको छ ।

शुक्रबार नेपाली कांग्रेस मकवानपुरको सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको उपस्तिथिमा बसेको बैठकले पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन जिल्ला पार्टी कार्यालय मकवानपुरबाट विहान ११ बजे र्यालीसहित बुद्धचोकमा गएर कोणसभा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी पदाधिकारी बैठकले जिल्ला समितिबाट गठित विभिन्न विभागहरुको कार्यविधि बनाउन जिल्ला सचिव आनन्द कठायतको संयोजकत्वमा समिति गठन गरेको छ भने जिल्ला सदस्य भीमसेन महतलाई गैरसरकारी संस्था तथा सामाजिक सेवाको संयोजक तोकिएको छ ।

बैठकमा कांग्रेस मकवानपुरका पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापतिहरु, नगर सभापति तथा भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूखहरुको सभागिता रहेको थियो ।