प्रधानमन्त्री ओलीद्वारा धरहरा पुनर्निर्माणको शिलान्याश
काठमाडौं १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्याश गरेका छन् ।
आज सुन्धारामा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले बिहान ११ बजे धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
२०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा ४३ महिनापछि पुनर्निर्माणको औपचारिक काम सुरु भएको हो ।
