हेटौंडामा साइकल यात्रा हुने
हेटौंडा ११ पौष । हेटौंडामा जेष्ठ नागरिकहरुको सम्मानको लागि यही पौष १४ गते साइकल यात्रा हुने भएको छ ।
हेटौंडा राइडर्स क्लब र नागस्वती राइडर्स क्लबले आयोजना गरेको कार्यक्रममा हेटौंडा–१५ रातोंमाटेमा रहेको दिव्य सेवा निकेतनका जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने भएको हो ।
शनिबार विहान ७ बजे हेटौंडा मेनरोडको लक्ष्मण साईकल स्टोर्सबाट यात्रा सुरु भई रातोमाटे दिव्य सेवा निकेतनमा पुगी यात्राको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
