हिउँदे अधिवेशन ११ गतेदेखि शुरु
काठमाडौँ, १० पौष । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो हिउँदे अधिवेशन र संसद्को कार्यभार बुधबार ११ गतेदेखि शुरु हुने भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न ४ बजे प्रारम्भ हुने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन हुन् लागेको हो ।
नेपालको संविधानले सरकारको सिफारिशमा राष्ट्रपतिलाई संघीय संसद्को अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ ।
संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को आगामी अधिवेशनको पूरै अवधि विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहेको छ ।
