जनमतको मात्र नभइ कम्युनिष्ट मिसन पनि पुरा गर्नुपर्ने

तु खबर संवाददाता
२०७५ पुष ९, सोमबार १७:३७

मकवानपुर ९ पौष । प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु)ले जनताले दिएको जनमतको मात्र नभइ कम्युनिष्ट मिसन पनि पुरा गर्नुपर्ने बताएका छन् ।

नेकपा बागमती गाउँपालिका वडा नम्बर ४ र ५ को संयुक्त आयोजनामा भएको अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुलामीले जनमतसँगै कम्युनिष्ट मिसन पुष्टि गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको बताएका हुन् ।

नेकपाका स्थानीय नेता ज्ञानबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य डियन डिजन लामाले गरेका थिए ।