हेटौंडाका फुटबल खेलाडी धनगढी प्रस्थान

तु खबर संवाददाता
२०७५ पुष ९, सोमबार ११:४७

हेटौंडा ९ पौष । हेटौंडाका फुटबल खेलाडीहरु आइतबार धनगढी प्रथान गरेका छन् ।

धनगढी र रंगशालामा आजदेखि शुरु हुन लागेको फार वेस्ट कप फुटबल प्रतियोगीताको लागी हेटौंडा एकेडेमीका फुटबल प्रशिक्षक भिम लामा र अन्य १४ जना खेलाडीहरु धनगढी प्रस्थान गरेका हुन् ।

आज सोमबारदेखि प्रतियोगीता शुरु भए पनि हेटौंडाको पहिलो खेल पौष १० गते रहेको प्रशिक्षक लामाले जानकारी दिए । उक्त प्रतियोगीताबाट खेलाडीहरुले अनुभव बटुल्ने र धनगडी भ्रमण पनि गर्ने प्रशिक्षक लामाले बताए ।