पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश
हेटौंडा, ७ पौष । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ गुम्बाचोकमा आज नेकपा, राप्रपालगायतका विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस हेटौंडा–५ का वडा सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश हुन् ।
आज भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, ५ नम्बर वडाका अध्यक्ष राजेश बानियाँ, निवर्तमान जिल्ला कोषाध्यक्ष भवसागर श्रेष्ठ, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, कांग्रेस ५ नम्बर वडा कोषाध्यक्ष रेवतीरमण पहाडी, प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
