ए डिभिजन लिग : दशौं चरणको खेलामा मच्छिन्द्रको पहिलो जित
काठमाडौं ६ पौष । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दशौं चरणको पहिलो खेलमा मच्छिन्द्र क्लबले जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा मच्छिन्द्रले सरस्वती युथ क्लबलाई ४–२ गोलले पराजित गरेका हुन् ।
यस जितसँगै १० खेलबाट ६ अंक बनाएको मच्छिन्द्र तालिकाको ११ औं स्थानमा उक्लिएको छ । यसअघि १० अंक बनाएको सरस्वती नवौं स्थानमा रहेका छन् ।
