नेपाली काँग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति
काठमाडौँ, ६ पौष । नेपाली काँग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको संख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ ।
शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिनेछ । केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी रहेको छ । काँग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी रहेका छन् ।
