नेपाली क्रिकेटर सञ्जम र हसिम कतारतर्फ प्रस्थान
काठमाडौं २ पौष । नेपाली क्रिकेट खेलाडी सञ्जम रेग्मी र हसिम अन्सारी कतारको राष्ट्रिय दिवस (नेसनल डे) को उपलक्ष्यमा क्रिकेट खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्जम र हसिमलाई कतारको निमन्त्रणामा पठाएको उल्लेख गरेको छ ।
कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय दिवस (नेशनल डे) को उपलक्ष्यमा यही पुस ३ गते मंगलबार (१८ डिसेम्बर) कतारको राष्ट्रिय टिम र अन्य विभिन्न देशका खेलाडी सम्मिलित टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गर्दैछ ।
