इपिएल प्लेअफमा पु्ग्ने पहिलो टोली बने भैरहवा
काठमाडौँ, २६ मङ्सिर । भैरहवा ग्लाडियटर्स तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो ।
पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा छ विकेट गुमाएर पुरा ग¥यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए ।
विराटनगरविरुद्धको जीतसँगै भैरहवाले तीन खेलबाट ६ अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित बनाएको छ । अब भैरहवाले ललितपुर र काठमाडौँसँग खेल्न बाँकी छ । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो ।
