राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि शुरु

तु खबर संवाददाता
२०७५ मंसिर २६, बुधबार १३:५९
file-photo

काठमाडौँ, २६ मङ्सिर । पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ ।

प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला टोलीको तयारी अघि बढाएको प्रवक्ता किरण राईले जानकारी दिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणका लागि ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । नेपालमै आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सो समूहमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् ।