‘ए’ डिभिजन लिग फुटबल प्रतियोगीतामा ब्रिगेड ब्वाइज पराजित

तु खबर संवाददाता
२०७५ मंसिर २४, सोमबार १४:३७
file-photo

काठमाडौँ, २४ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा टंक बस्नेत नायक बने । उनले खेलको ६७ औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेका छन् । पराजित ब्रिगेड ब्वाइज समान सात खेलबाट चार अङ्कसहित तालिकाको ११ आँै स्थानमा रहेको छ ।