‘ए’ डिभिजन लिग फुटबलको आजदेखि सातौं चरणको खेल हुँदै

तु खबर संवाददाता
२०७५ मंसिर २२, शनिबार १४:००
file-photo

काठमाडौँ २२ मङ्सिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल आजदेखि हुँदैछ ।

आज एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खल्नेछ ।

त्यस्तै दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।