राष्ट्रिय भेट्रान्सको २ क्वाटरफाईनल र २ सेमिफाइनल आजै हुने
हेटौडा २१ मंसिर । हेटौंडामा जारी राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगितामा क्वाटरफाईनल र सेमिफाइनल आजैं हुने भएको छ ।
हेटौंडा–६ चौघडास्थित वंशगोपाल मा.वि.को खेलमेदानमा आज २ वटा क्वाटरफाईनल र २ वटा सेमिफाईनलका खेलहरु हुने भएको हो ।
आजको खेलमा बगरभाई भेट्रान्स र चितवन भेट्रान्सबीच र एबिसि पोखरा र नाईट किङ्ग क्लबबीच गरी दुई क्वाटरफाईनल खेल हुने भएका हुन् ।
यि चार टिमबाट बिजयी भएका टिमले आजै सेमिफाईनल खेल्ने छन् र एक समुह फाईनलमा जाने छन् । यस्तै हेटौडा भेट्रान्स र बुटवाल भेट्रान्सबीच आज सेमिफाईनल खेल हुनेछ ।
