‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
काठमाडौँ, २० मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज दुई खेल हुने भएको हो ।
पहिलो खेलमा फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
