संवैधानिक परिषद्को अर्को बैठक मंसिर २२ मा हुने

तु खबर संवाददाता
२०७५ मंसिर १७, सोमबार १६:००

काठमाडौँ, १७ मंसिर । संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वोच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

संघीय संसद प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको बताए । परिषद्को अर्काे बैठक यही मंसिर २२ गते बस्ने निर्णय भएको पनि उनले जानकारी दिए ।