शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं १५ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेल हुँदैछन् ।
लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ– मस्र्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा मनाङ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबै खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
