बसामाडीमा कांग्रेसको क्रियाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम
हेटौंडा १४ मंसिर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा आज क्रियाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।
कांग्रेस हेटौंडा–३ का सभापति ढलकबहादुर थापाको सभाध्यक्षता एवं पार्टी जिल्ला सचिव बुद्ध लामाको प्रमूख अतिथ्यतामा भएको कार्यक्रममा बसामाडीका क्रियाशिल सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला सल्लाहकार भरत पराजुली, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगरपालिकाका नगर सभापति आनन्दराम पराजुली, महाधिबेशन प्रतिनिधि टेकनाथ शिवाकोटी, महिला संघ जिल्ला सचिव निलम देवकोटा नगर सचिव कविन सांगामीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
