नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ गते
काठमाडौँ, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९ गते आइतबार बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । यसअघि उक्त बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो ।
बैठकमा उपस्थितिका लागि काँग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।
