विद्यार्थी नेता शिवाकोटीको आरोप, क्याम्पस प्रमुख अधिकारीको स्पष्टोक्ति – क्याम्पस चिफले राजनीति नगरे कसले गर्छ ?
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारीमाथि सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी नेता रामकृष्ण शिवाकोटीले चरम राजनीति गरेको आरोप लगाएका छन् ।
उनले समाजिक संजालमार्फत्, तपाई राजनीतिक व्यक्ति होइन, साझा व्यक्ति हो भनी स्मरण पनि दिलाएका छन् । ‘तपाइले राजनीति कलेज बाहिर गर्नुहोस्, कलेजभित्र होइन– उनले समाचारमा भनेका छन् ।
बाम पार्टी आवद्ध विद्यार्थी संगठनमा रहेका शिवाकोटीले क्याम्पस प्रमुख अधिकारीले मुख्यमन्त्री डोरमणि पौडेललको आडमा चरम राजनीति गरेको भनेका छन् । अखिल क्रान्तिकारी क्याम्पस इकाइ कमिटीका अध्यक्ष रहेका शिवाकोटी क्याम्पस प्रमुख अधिकारीले चरम राजनीति गरिरहेको सार्वजनिक गरेका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारीले क्याम्पस चिफले क्याम्पसमा राजनीति नगरे कसले गर्छ भनी तु खबरलाई प्रतिक्रिया दिएका छन् । क्याम्पसमा क्याम्पस चिफले नै राजनीति गर्ने हो, उनले तु खबरसँग भने ।
