राजधानी सार्न खोजिए कडा संघर्ष थालिने

तु खबर संवाददाता
२०७५ मंसिर २, आईतवार १७:०१

हेटौंडा, २ मंसिर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न खोजिए कडा संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेस मकवानपुरका कार्यबह्वाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको बैठकले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको निश्कर्ष निकाल्दै राजधानी अन्यत्र सार्ने खेलमा नलाग्न सांसदहरुलाई आग्रह गरेको छ ।

बैठकमा बोल्ने अधिकांश पदाधिकारी तथा जिल्ला सदस्यहरुले नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय विपरित जान खोजे वर्तमान सरकारले त्यसको क्षति व्यहोर्न तयार हुनेपर्ने बताएका थिए ।

त्यस्तै बैठकमा नेपाली कांग्रेसले गाउँगाउँमा गरिरहेको सशक्तिकरण अभियानलाई थप सशक्त ढंगले अगाडी बढाउने निर्णय गरेको छ ।