मकवानपुरमा केबुलकारको संभावना, प्रारम्भीक अध्ययनपश्चात थाहा नगरपालिकाले लगानी गर्ने

तु खबर संवाददाता
२०७५ कार्तिक २४, शनिबार ०७:३०
file-photo

मकवानपुर २४ कात्तिक । मकवानपुरमा पनि केबुलकार संचालनमा आउने संभावना बढेको छ । मकवानपुरको सिमभञ्ज्याङवाट भीमफेदी गाउँपालिकाको भैसेतर्फ ६ किलोमिटर र थाहा नगरपालिकाको दामनतर्फ करीब ७२२ मिटरको दूरी रहेको प्रारम्भिक अध्ययनका क्रममा पाइएको थाहा नगरपालिकाले जानकारी दिएको छ ।

केबुलकार संचालनको विषयमा टोलीमा संलग्न केबुलकार इन्जिनीयर हरि तामाङले अहिले सिमभञ्ज्याङबाट प्रारम्भिक स्थलगत अध्ययन गरिएको र विस्तृत अध्ययनपछि केबुलकार निर्माण गर्ने ठोस निर्णयमा पुगिने जानकारी दिएका छन् । केबुलकारको निर्माणले सो क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउँदै इन्जिनीयर तामाङले विस्तृत अध्ययन गरीने बताए । तामाङका अनुसार अध्ययनपछि उपयुक्त भएमा थाहा नगरपालिकाले लगानी गर्नेछ ।