अन्ततः केशव स्थापितको मन्त्री पद खुस्कियो
हेटौँडा, १६ कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित मन्त्री पदबाट बर्खास्त भएका छन् । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकमा मुख्यमन्त्रीलाई अपशब्द बोलेको आरोप लागेका स्थापितलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका हुन् ।
बुधबार भएको बैठकमा स्थापितले मन्त्रालयमा पनि नबस्ने र कुनै काम पनि नगरेको विषयमा छलफल भएको थियो । सो बारेमा छलफलका क्रममा स्थापितले बैठकमा चर्काचर्की नै गरेका थिए । बैठकमा अपशब्द नै बोल्नेसम्मको दुश्प्रयास गरेपछि मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौँ गएका थिए । स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने भएको छ ।
