टोलस्तरीय फुटबल प्रतियोगितामा प्रगतिशिल र रामनगर विजयी
हेटौंडा, २२ असोज । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा आईतबार २ वटा खेल भएको छ । प्रगतिशिल युवा क्लब चुच्चेखोला र कल्याणटार युवा क्लबको बीचमा भएको पहिलो खेलमा प्रगतिशिल युवा क्लब विजयी भएको छ ।
कल्याणटारलाई प्रगतिशिलले २ गोल अन्तरले पराजित गरेको हो । प्रगतिशिलको तर्फबाट २ गोलनै विशाल माझीले गर्न सफल भए र खेलको म्यान अफ द म्याच पनि माझीनै घोषित भए ।
त्यसैगरी आईतबारनै रामनगर युवा क्लब र चौघडा फुटबल टिम जुनियरको बीचमा भएको खेलमा रामनगर युवा क्लब विजयी भएको छ । रामनगरले जुनियरलाई ३–० गोलअन्तरले पराजित गरेको हो । रामनगरको तर्फबाट मन्दिप बोहोराले २ गोल र प्रविण खनालले १ गोल गरेका थिए भने जुनियरको तर्फबाट सुरज तामाङ र रोहित दोङले समान १/१ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच रामनगरका मन्दिप बोहारा घोषित भए । भित्री फुटबल टिमको आयोजना र राजु सापकोटाको स्मृतिमा आयोजना भएको फुटबल प्रतियोगिता २७ गतेसम्म चल्नेछ ।
