अग्रणी सहकारीद्वारा फापरबारीको सिर्जनशील समूहलाई उद्यम गर्न ५ लाख
मकवानपुर । अग्रणी बचत तथा ऋण सहकारी सस्था हेटौंडाले फापरबारीको सिर्जनशील युवा समूहलाई उद्यम गर्नका लागि ५ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समूहलाई रकम उपलब्ध गराइएको हो ।
आज सो रकम हस्तान्तरण गर्ने औपचारिक कार्यक्रममा संघीय सँसदका अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र जिल्ला युवा समिति अध्यक्ष सन्तोष चौलागाईले समूहका अध्यक्ष बिरेन्द्र गोलेलाई रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्ने कार्यक्रममा प्रमुख अतिथि दाहाल, युवा समिति अध्यक्ष चौलागाई, सहकारीका उपाध्यक्ष कृष्णकुमार अग्रवाल, सचिव भुपाल दाहाललगायतकाको उपस्थिति रहेको थियो ।
