महेन्द्र माबि भीमफेदीलाई सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री पौडेल
मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक महेन्द्र माद्यमिक विद्यालयको विकासमा प्रदेश सरकारले सबै प्रकारले सहयोग पुर्याउने बताएका छन् ।
आज मकवानपुरको भीमफेदीमा रहेको सो बिद्यालयको हीरक महोत्सव तथा प्राविधिक विद्यालय संचालनका लागि आयोजना गरिएको सप्ताह महायज्ञको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा साँसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालगायतकाले सप्ताहको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मकवानपुरको भीमफेदीमा रहेको सो विद्यालय ऐतिहासिक महत्व बोकेको बिद्यालय हो । बिद्यालयले यसपटकदेखि प्राविधिक शिक्षाको सुरुवात गर्दैछ । गाउँपालिकाको बिशेष पहलमा प्राविधिक शिक्षा सुरुवात गर्न लागिएकोमो सोही कामलाई आवश्यक सहयोग पुर्याउन महायज्ञ आयोजना गरिएको हो ।
