भोजपुरबाट दाङ पठाइएका प्रकाण्डलाई फेरि काठमाडौँ पठाइयो

तु खबर संवाददाता
२०७५ भाद्र २८, बिहीबार १५:२९
file-photo

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बिहीबार काठमाडौं लगिएको छ । बिहीबार बिहान दाङबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन् ।

शुक्रबार भोजपुरबाट दाङ ल्याइएका प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि पुनः काठमाडौं पठाइएको उनले बताएका छन् ।

प्रकाण्डलाई नियोजित रुपमा लगातार प्रहरीले एकपछि अर्को मुद्धा लगाउँदै आइरहेको छ । एउटा मुद्धामा अदालतबाट सफाइ पाएका प्रकाण्डलाई अदालत परिसरबाटै फेरि अर्को मुद्धा लगाउँदै आएको छ । प्रहरीले उनलाई भोजपुरबाट दाङसम्म अनेकौँ मुद्धामा जोडेर घुमाइरहेको थियो । सर्वोच्चको पत्रपछि उनलाई फेरि काठमाडौँ पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*