भोलि प्रचण्ड भारत भ्रमणमा जाँदै

तु खबर संवाददाता
२०७५ भाद्र २०, बुधबार २३:१०

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जादैछन् । उनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुस्मा स्वराजसँग राजनीतिक भेट गर्ने कार्यक्रम तय भएको छ ।
भारत भ्रमण सकेर फर्किएपछि प्रचण्ड चिन भ्रमणको तयारीमा लाग्ने तय भएको छ ।

पार्टीको बैठकहरुका कारण उनले ६ दिने आफ्नो पूर्व निर्धारित भारत भ्रमणलाई छोट्याएर तीन दिन मात्र तय गरेका छन् । आज मकवानपुरको एक कार्यक्रममा सहभागी भएका प्रचण्ड भोलिनै भारत तर्फ जाने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*