सामाजिक सुरक्षा कोषको २२ अर्ब कहाँ छ ?- साँसद चौधरी

तु खबर संवाददाता
२०७५ भाद्र ५, मंगलवार १३:५४
file-photo

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य बिनोद चौधरीले दोहोरो करको विषयले राष्ट्रका छापाहरु रंगिएको बताएका छन् । आज भइरहेको संसद बैठकमा बोल्दै चौधरीले त्यतिकै रुपमा सँसद तातिएको पनि बताएका छन् ।

साँसद चौधरीले एकैप्रकारको आर्थिक गतिबिधिमा फरक फरक तरिकाले कर उठाउन नमिल्ने समेत बताए । विगतमा पनि कर उठाइएको थियो तर त्यसको सही तरिकाले प्रयोग नगरिएको साँसद बिनोद चौधरीले आरोप लगाए । अहिलेसम्म २२ अर्ब रुपैया सामाजिक सुरक्षा कोषमा थन्किएको उनले बताए । घर, शिक्षा,आवास तथा नयाँ काम गर्ने प्रयोजनको लागि खर्चिनु पर्नेमा बिभिन्न सरकारहरु जिम्मेवार नभएको र सरकारले त्यसको जवाफ दिनुपर्ने चौधरीको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*