पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरानकी श्रीमतीको बुर्कामाथि बबाल किन ?
पाकिस्तानका नव निर्वाचित प्रधानमन्त्री इमरान खानकी श्रीमती बुशराको बुर्काको तस्बिरका कारण पाकिस्तानी मिडियामा विवाद निम्तिएको समाचार नेपाली अनलाइनमा छ ।
रातोपाटी ले बीबीसी बाट लिएको समाचार अनुसार, इमरान खानले प्रधानमन्त्रीको शपग लिने क्रममा उनकी श्रीमती बुशरा पनि उपस्थित थिइन् ।
शनिबार राष्ट्रपति भवनमा आयोजित उक्त कार्यक्रममा बुशराले बुर्का लगाएकी थिइन् । उनले लगाएको बुर्कामा उनको आँखा मात्र देखिएका थिए ।
तस्बिर सार्वजनिक भएपछि पाकिस्तानकी फर्स्ट लेडीको पहिरनबारे थुप्रैले प्रश्न तेर्साएका छन् ।
