म्याग्दीमा गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

तु खबर संवाददाता
२०७५ भाद्र ३, आईतवार ११:११

म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरेका हुन् ।

गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराएका भण्डारीले १३ महिनाको सुविधा बापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*