सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं २ भदौ । रुकुम बाफीकोटमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने स्यार्पु दहस्थित भित्री सडकमा रा १ त ३१०६ नम्बरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार आठबिसकोट नगरपालिका १ बस्ने ३८ वर्षीय राजकुमार बिकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा चालक सोही नगरपालिका २ बस्ने ३७ वर्षीय बलजित बिक समेत गम्भीर घाइते भएकोले उपचारको लागि नेपालगंजतर्फ पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
