आफ्नै दाजुको हत्या गरेको भन्दै एक जना पक्राउ
रामेछाप २ भदौ । आफ्नै दाजुको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । घरायसी विवादमा आफ्नै दाजु ३४ वर्षीय पूर्णबहादुर खत्रीलाई शुक्रबार दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा गोकुलगंगा गाउँपालिका २ भित्तरी बस्ने २८ वर्षीय बिष्णुकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको विषयमा प्रहरीले अनुसनधान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
