ललितपुरमा चेतनामुलक र्यारली
काठमाडौं, २ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा ललितपुरको मंगलबजारमा लागूऔषध विरुद्ध जनचेतनामुलक र्यारली शनिबार सम्पन्न भएको छ । विश्व युवा दिवसको अवसरमा ज्यापु समाज, यल युवा उपसमिति, महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुर, अर्पण समूह तथा सङ्गती बृहत्तर सेवा केन्द्रको संयुक्त आयोजनामा उक्त र्याशली आयोजना भएको हो ।
र्याबलीपछि आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रहरी महानिरीक्षक खनालले युवावर्ग कुलतमा फसिरहेको सन्दर्भमा लागूऔषध दूर्व्यसनबारेमा चेतना फैलाउन गरिएको र्याणली अनुकरणीय भएको चर्चा गर्नुभयो । नागरिक तथा प्रहरी हातेमालो गरेर अगाडि बढेमा सामाजबाट अपराध निर्मूल गर्न सकिने उल्लेख गर्दै उहाँले लागूऔषध दूर्व्यसनी, महिला तथा बाल हिंसा, साइबर क्राइम लगायतका सामाजिक अपराध विरुद्ध प्रहरीले देशैभर एकैसाथ कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरु प्रमुख अपराधी भएकाले त्यस्तालाई सजाय दिन प्रहरी तत्पर रहेको समेत प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । दूर्व्यसनीमा फसेका युवाको भविष्य विकराल रहेकोले स्थानीय सरकार, युवावर्ग, प्रशासन र प्रहरीले यसका विरुद्ध सहकार्य गरी सुरक्षित तथा समृद्ध समाज निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले र्या्लीले समाजमा लागूऔषधको असरबारे चेतना दिन सफल भएको चर्चा गर्दै युवावर्ग लागूऔषध दूर्व्यसनीमा फस्न सक्ने भएकाले यसप्रति अभिभावकहरु समेत सचेत हुनुपर्ने बताउनुभयो ।
पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रबिक्रम महत र ज्यापु समाज यलका अध्यक्ष प्रेमकुमार महर्जनले समेत मन्तव्य राख्नुभएको सो कार्यक्रममा महानगरीय प्रहरी प्रभाग, मंगलबजारका प्रहरी निरीक्षक केशरकुमार न्यौपानेले स्वागत मन्तव्य तथा सङ्गती बृहत्तर सेवा केन्द्रका अध्यक्ष उतम श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
ललितपुरको मंगलबजारबाट सुरु भएको र्याषली पुल्चोक, जवलाखेल हुँदै पुनस् मंगलबजारमा आएर सभामा परिणत भएको थियो । र्यांलीमा नागरिक समाज, विद्यार्थी, स्थानीय युवा तथा महिला समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर, ललितपुरको निरीक्षण गर्नुकासाथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभयो ।
सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खनालले प्रहरीको ब्यारेक, अन्य अतिआवश्यक भौतिक संरचना निर्माणको साथै प्रहरी कर्मचारीको वृत्तिविकासका लागि सङ्गठन तत्पर रहेको चर्चा गर्दै प्रहरी कर्मचारीले दृढ र लगनशील भएर जिम्मेवारी बोध गरी कार्य गर्नुपर्ने बताउनुभयो ।
प्रहरीको राम्रो कामलाई समाजले सम्मान गर्ने भएकोले सोही अनुरुप कार्य गर्नुपर्नेमा जोड दिँदै संगठनलाई विश्वकै नमूना सङ्गठन बनाउन सम्भव रहेको उहाँले उल्लेख गर्नुभयो । गलत कार्य नगर्न निर्देशन दिँदै उहाँले खराब आचरणका कर्मचारी कारवाहीको भागीबार हुने बताउनुभयो ।
