स्थानीय तह निर्दलीय होइन, तर दलका नेता किन मौन ?
नारायणकाजी श्रेष्ठ प्रवक्ता, नेकपा
काठमाडौं १ भदौ । स्थानीय तहको अभ्यास नयाँ भएकाले केही अन्योल र केही जटिलता छ । अहिले आएका सबै टिप्पणी र आलोचनात्मक पक्षलाई हामीले ध्यान दिइराखेका छौँ । त्यसैले हामी तीनवटै तहको सरकारको पफर्मेन्सलाई कसरी प्रभावकारी बनाउने र जनताको कुरा सुनेर कति ठीक–बेठीक छ भन्ने सन्दर्भमा गम्भीरतापूर्वक छलफल गर्दै छौँ ।
जनताको आलोचनालाई ध्यान दिँदै सरकारको कामलाई कसरी जनमुखी, परिणाममुखी बनाउने भन्ने एजेन्डामा केन्द्रीय सचिवालय र स्थायी समिति बैठकमा छलफल गरेपछि बैठकबाट आउने निष्कर्षका आधारमा अघि बढ्छौँ ।
आजको नयाँ पत्रिकामा समाचार छ ।
