जनताको गाँस काटेर आफु चल्ने सरकारबाट मुलुकको विकास होला त ?
काठमाडौं १ भदौ । तीन वर्षअघि देशमा ठूलो भुइँचालो गएको थियो । त्यो भुइँचालो जानुभन्दा महिना दिनअघि वर्तमान प्रधानमन्त्री केपी ओली एमालेका अध्यक्षका रूपमा धरहरा चढेको घटना कतिले सम्झिएका छन् रु यो अनुमान गर्न सकिने कुरा होइन ।
ओलीजी केटाकेटीदेखिको आफ्नो रहर पूरा गर्न धरहरा चढेका थिए कि त्यसका अरू पनि केही सामाजिक–राजनीतिक आशय थिए रु त्यो कसैले भन्न सक्दैन । प्रम ओलीले धरहरा चढ्दाको आफ्नो अनुभव अहिलेसम्म कसैलाई बताएका छैनन् । घटनाको विवरण तयार पार्ने पत्रकारहरूले ओलीको धरहरा चढनुको आशय कोट्याएका पनि थिएनन् । यति अन्दाज त गर्न सकिन्छ, ओलीले धरहरा चढेर आफूमा रहेको उत्साह, बल र स्फूर्तिको राम्रो प्रदर्शन गरेका थिए ।
ओलीको धरहरा आरोहणको लगत्तै भुइँचालो नगएको भए धरहरा ढल्ने थिएन र त्यसका कथा र किंवदन्ती लेख्न पनि पाइने थिएन भनेर चुकचुकाउनेहरूको ठूलै समूह छ । जतिसुकै ठूलो समूह भए पनि प्रधानमन्त्रीसँग उनले धरहरा किन चढेका थिए भनेर सोध्ने कुरा भएन । एउटा कुरा के स्पष्ट भयो भने, अहिलेसम्म देशका प्रधानमन्त्री बन्ने लाइनमा रहेका र प्रधानमन्त्री बनेका कसैले पनि धरहरा चढेका थिएनन् ।
केपी ओलीले यो रेकर्ड तोडिदिए । उनले आरोहण नगरेको भए भुइँचालोले धरहरालाई चुनौती दिएर ढाल्ने थिएन । बूढापाकाहरूका अनुसार, जसरी राजाहरूले बुढानीलकण्ठको मन्दिरपरिसरमा स्थापित नारायणको मूल मूर्तिको दर्शन गर्नु हुँदैन, त्यसरी नै देशको प्रधानमन्त्री हुने चाहना भएका मानिसले धरहरा चढ्न हुँदैन । धरहरा दिल्लीको कुतुब मिनारजस्तो पनि थिएन, न्यूयोर्कको एम्पायर स्टेट विल्डिङ जस्तो पनि थिएन ।
धरहरा सौन्दर्यको मिनार थिएन । यो हेर्नैपर्ने वास्तुकला नभए पनि सुदूरको पहाडी देशमा यसको उपस्थिति आफैँमा अजुबा त छँदै थियो । पश्चिमी वास्तुको तर्जमा बनेको गज्जबको स्मारक थियो यो । यो बस्ने कोठा, बैठक, भान्सा केही नभएको घर भीमसेन थापाले रहरै रहरमा बनाए होलान् । हरेक तलामा सानो–सानो झ्याल र घुमाउरो भरेङ, माथि पुगुन्जेल आरोही थाकिसकेको हुन्थ्यो । त्यही थाकेको अवस्थामा उनी धरहरा चढेर काठमाडौंको सुरक्षा व्यवस्था हेर्थे या अरू के गर्थे रु
एकताका धरहरा चढ्न पैसा पनि तिर्नुपथ्र्यो । केही वर्षपछि यो स्मारकभित्र मानव जातिलाई प्रवेश निषेध गरिएको थियो । यसैको उचाइबाट फाल हालेर पत्रकार मित्रलाल बालकले यो संसारबाट बिदा लिएका थिए । देशमा अग्लो संरचना हुनुको फाइदा यही हो कि मानिसले माथि आकाशतिरबाट फालहालेर धर्तीमा सास फ्याँक्न सक्छ । यो धरहरा भत्किएपछि धेरैले आफ्नो मन रोएको कथा बताए ।
यो स्तम्भकार आफैँ सुनधारा क्षेत्रमा घुम्न जाँदा चिर–परिचित धरहरा नदेखेर चकित भएको थियो । त्यसपछि थाहा भयो, रानीपोखरीको हालत पनि उस्तै छ । दरबार स्कुल त ध्वस्त नै भएकोे थियो । त्यतिवेला हालका प्रम ओलीले नेपालीको आफ्नै बुताले धरहरा बनाउने बताएका थिए ।
काठमाडौंका प्रत्येक मानिससँग मानो–मुठी उठाएर धरहरा बनाएको भए त्यो भुइँचालोको कीर्तिस्तम्भ हुन्थ्यो । जुद्धशमशेरले १९९० सालको भुइँचालोको सम्झनामा त्यत्रो भूगोल पार्क बनाए । तत्कालीन समयका लागि त्यो भूगोल पार्क सानो थिएन ।
धरहरा सौन्दर्यको मिनार थिएन ।
यो हेर्नैपर्ने वास्तुकला नभए पनि सुदूरको पहाडी देशमा यसको उपस्थिति आफैँमा अजुबा त छँदै थियो । पश्चिमी वास्तुको तर्जमा बनेको गज्जबको स्मारक थियो यो । यो बस्ने कोठा, बैठक, भान्सा केही नभएको घर भीमसेन थापाले रहरै रहरमा बनाए होलान् । हरेक तलामा सानो–सानो झ्याल र घुमाउरो भरेङ, माथि पुगुन्जेल आरोही थाकिसकेको हुन्थ्यो । त्यही थाकेको अवस्थामा उनी धरहरा चढेर काठमाडौंको सुरक्षा व्यवस्था हेर्थे या अरू के गर्थे
एकताका धरहरा चढ्न पैसा पनि तिर्नुपथ्र्यो । केही वर्षपछि यो स्मारकभित्र मानव जातिलाई प्रवेश निषेध गरिएको थियो । यसैको उचाइबाट फाल हालेर पत्रकार मित्रलाल बालकले यो संसारबाट बिदा लिएका थिए । देशमा अग्लो संरचना हुनुको फाइदा यही हो कि मानिसले माथि आकाशतिरबाट फालहालेर धर्तीमा सास फ्याँक्न सक्छ । यो धरहरा भत्किएपछि धेरैले आफ्नो मन रोएको कथा बताए ।
यो स्तम्भकार आफैँ सुनधारा क्षेत्रमा घुम्न जाँदा चिर–परिचित धरहरा नदेखेर चकित भएको थियो । त्यसपछि थाहा भयो, रानीपोखरीको हालत पनि उस्तै छ । दरबार स्कुल त ध्वस्त नै भएकोे थियो । त्यतिवेला हालका प्रम ओलीले नेपालीको आफ्नै बुताले धरहरा बनाउने बताएका थिए ।
काठमाडौंका प्रत्येक मानिससँग मानो–मुठी उठाएर धरहरा बनाएको भए त्यो भुइँचालोको कीर्तिस्तम्भ हुन्थ्यो । जुद्धशमशेरले १९९० सालको भुइँचालोको सम्झनामा त्यत्रो भूगोल पार्क बनाए । तत्कालीन समयका लागि त्यो भूगोल पार्क सानो थिएन ।
आजको नयाँ पत्रिकामा समाचार छ ।