पदमपोखरीमा भदौ १ र २ गते एकिकृत घुम्ती शिविर हुँदै

तु खबर संवाददाता
२०७५ श्रावण ३१, बिहीबार १९:२०
File Photo

हेटौँडा, ३१ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ लाई लक्षित गरी यही भदौ १ र २ गते वडा नम्बर १२ पदमपोखरी मिलन चोकमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ ।

जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले नागरिकता प्रमाण–पत्र वितरण, फोटोसहितको मतदाता परिचय पत्र नामावली संकलन तथा स्वास्थ्य सेवा सहितको एकीकृत घुम्ती शिविर संचालन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले ना.सु.रामचान्द्र सापकोटा, सहदेव आचार्य सहितको टोली सो कार्यक्रमको लागि खटाउने भएको छ । विविध समस्याले नागरिकता लिन नसकेका सेवाग्राहीहरुलाई यो कार्यक्रमले नागरिकता लिन सहज हुने वडा नम्बर १२ का अध्यक्ष ललित घलानले बताए ।

स्थानीय समाजसेवी, नागरिक समाज, शिक्षक, विद्यार्थी, राजनीतिककर्मी तथा संघसंस्थाका प्रतिनिधिहरुलाई सूचना तथा संचारमा सहयोग गर्दै सहजीकरणको लागि सक्रिय भूमिका खेलिदिन समेत अध्यक्ष घलानले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*