ल्यापटप सहित लाखौँको चोरी

तु खबर संवाददाता
२०७५ श्रावण ३१, बिहीबार १९:०१

काठमाडौं,३१ साउन । काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित रजनी श्रेष्ठको साहारा ईन्टरनेश्न ल कन्सर्टेन्सीबाट बिहीबार ल्यापटप ३ थान गरी करीब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौं टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरस्थित समुन्द्रदेवी सहकारीबाट नगद ४ लाख रुपैयाँ र सिमसार बचत सहकारी संस्थाबाट नगद २ लाख रुपैयाँ बिहीबार चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*