मोबाईल चोरेको आरोपमा हेटौँडाबाट एक किशोर पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १९:४८

हेटौँडा, ३० साउन । हेटौँडामा मोबाईल चोरेको आरोपमा एक किशोरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते बिहान करिब साढे ६ बजेको समयमा हेटौँडा ४ स्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका रौतहट जिल्लाको चन्द्रपुर बस्ने १८ वर्षीय अनिल राईलाई नियन्त्रणमा लिइएको हो ।

उनको शरिर खानतलासी गर्दा रेडमी थ्रीएस र जीओनी गरी दुई वटा मोबाईल फेला परेको थियो । ती मध्ये रेडमी थ्रीएस मोबाईल हेटौँडा–४ बस्ने रत्न स्थापितको र जिओनी मोबाईल भने हेटौँडा ५ बस्ने बिदुर अधिकारीको भएको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोबाईल धनीहरुले आवश्यक कार्वाहीको लागी जाहेरी दिए पश्चात राईलाई मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्दामा ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*