हिजो साँझदेखि सप्तरीका एक बालक बेपत्ता खोजेर सहयोग गरिदिन परिवारको आग्रह
लहान ३० साउन । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारबाट मङ्गलबार साँझदेखि एक बालक बेपत्ता भएका छन् । शम्भुनाथ नगरपालिका–१० निवासी देवनारायण सदाको १५ वर्षीय छोरा आकाशकुमार मङ्गलबार साँझबाट बेपत्ता भएको स्थानीयवासी अनिल सदाले जानकारी दिए ।
कठौना बजारमा लाग्दै आएको हटियामा आएका आकाश साँझ ७ बजेबाट अचानक बेपत्ता भएका थिए, अनिलले भने उनको चारैतिर खोजी गरिएको छ तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।
आकाश बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उनको भनाइ छ ।
बालक परिवारले हराएका बालकलाई खोजिदिन सबैलाई अनुरोध गरेका छन् ।
