आगलागी भएर लाखौँको क्षति

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १४:३७
फाइल फोटो

काठमाडौँ, ३० साउन । मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा लाखौँको धनमाल जलेको छ । काठमाडौँको चन्द्रगिरी नगरपालिका-२ बाडभञ्जयाङ बस्ने गणेश रेग्मीको घरमा सोमबार आगलागी हुँदा करीव १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

उदयपुरको कटारी नगरपालिका-५ घोर्ले बस्ने हस्तबहादुर मल्लको घरमा सोमबार आगलागी हुँदा अन्नपात, भाडाबर्तन, लत्ताकपडा समेत गरी करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका-६ अम्बोट स्थित कृष्ण बहादुर कुवंरको घरमा रहेको चाईनिज रेष्टुरेन्टमा ईन्भर्टरको ब्याट्री सर्ट भई बुधबार आगालागी हुँदा करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*