करेन्ट लागेर २ जनाको ज्यान गयो
काठमाडौँ, ३० साउन । मुलुकका विभिन्न स्थानहरुमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । सप्तरीको महादेवा गाउँपालिका-२ बस्ने ५० वर्षीय कपलेश्वर मण्डलको मंगलबार आफ्नै धान कुट्ने मिल चलाउने क्रममा अचानक करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको छ ।
सिरहाको कल्यानपुर नगरपालिका-५ बस्ने १७ वर्षीय रुपेश यादबको मंगलबार करेन्ट लागेर मृत्यु भएको छ । छिमेकी बिजय यादबको घरको सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर असक्त भएका उनको उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
