हेलिकप्टरको पंखाले लागेर यात्रुको मृत्यू
हुम्ला, ३० साउन । नाम्खा गाउँपालिका-१ स्थित हेलिप्याडमा सिमिकोटबाट हिल्सा आएको मनाङ एयरको हेलिकप्टर ल्याण्ड भई यात्रुहरु झर्ने क्रममा एक जनाको ज्यान गएको छ ।
भारत महाराष्ट्र मुम्बई घर भई कैलाश ट्रेकर्सद्धारा मानसरोवर दर्शन गर्न आएका ४२ वर्षीय नगेन्द्र कुमार कार्तिक मेहतालाई मंगलबार हेलिकप्टरको पछाडीको पंखाले लाग्दा घटनास्थलमै मृत्यु भएको छ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
